हेटौडा उपमहानगरपालिका वडा नम्बर १० को नवर्निमत वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । १ भाद्रमा उपमहानगरपालिकाका मेयर मिना लामाले भवनको उद्घाटन गरिन् । भवन उद्घाटन गर्दै मेयर लामाले वडाबाट नागरिकहरुले सरल र सहज रुपमा सुविधा पाउन भवन निर्माण गरिएको बताइन् ।

उनले नागरिकले स्थानीय सरकारको अनुभति हुनेगरी काम गर्न वडा कार्यालयलाई आग्रह समेत गरिन् । यसैबीच वडा कार्यलयकै प्राङगणमा निर्माण गरिएको सालक पार्कको समेत उद्घाटन गरिएको छ । १० नम्बर वडाका वडा अध्यक्ष फुर्वा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरका उपमेयर राजेश बानिया विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, ५ नम्बर वडाका अध्यक्ष शुशिल घिमीरे, ९ वडा अध्यक्ष शुकराम केसी, १३ नम्बर वडा अध्यक्ष पेम्बा लामा १० नम्बर वडाका सदस्यहरु सहित स्थानिय संघ संस्थाका प्रतिनिधीहरु र राजनैतिक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी