ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ ।
महानगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकले वडा स्तरबाट खानेपानीको व्यवस्थापन गर्ने निर्णय गरेको हो । नगर प्रमुख चिरीबाबु महर्जनले बाढी, पहिरोपछि पानीको स्रोत प्रभावित हुने भएकाले पानीजन्य रोग फैलन नदिन यो व्यवस्था गरेको बताए ।
उनले भने, पानी शुद्धिकरणका लागि किटनासक औषधिको समेत व्यवस्था गरेका छौंँ,’ यसैगरी बैठकले अत्यावश्यक औषधि जी टु जी माध्यमबाट खरिद गर्ने समेत निर्णय गरेको छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रत्येक वडाबाट बाढी प्रभावितको तथ्यांक लिएर त्यसकै आधारमा राहतको व्यवस्था गर्नुपर्ने बताइन् । उपप्रमुख बज्राचार्यले कार्यपालिकाको आकस्मिक बैठकले केही विषयहरु तत्काल निर्णय गर्नुपर्ने उनको धारणा थियो । उनले भनिन्, ‘अन्य विषयहरु कार्यपालिकाको बैठकले निर्णय गरेर अघि बढ्दा सजिलो हुन्छ ।’
महानगरका प्रवक्ता एवम वडा नं. ९ का अध्यक्ष राजु महर्जनले खोला नजिकका वडाहरु बढी प्रभावित भएको बताए । सडक भासिदा आवागमन प्रभावित भएको बताउँदै त्यसको व्यवस्थापन गर्न आफू सक्रिय रहेको बताए ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्