
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।
पत्रमा आर्थिक सहयोग एक दिनको ५हजार रुपैयाँमात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने सर्तसहित कार्यबाहकको जिम्मेवारी दिइएको छ ।
बेलायतमा रहेका नेपालीको निम्तोमा आफू बेलायत जान लागेका उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्