मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा चीनमा हुने कृषि सम्बन्धी सेमिनारमा सहभागी हुन त्यसतर्फ गएका छन् । चीन सरकारको आयोजनामा हुने समेनिारमा सहभागी हुन अध्यक्ष लामा २९ असोजमा चीन प्रस्थान हुन् ।
अध्यक्ष लामा वैदेशिक कार्यक्रममा सहभागी हुने भएपछि पालिकाका उपाध्यक्ष संजिव श्रेष्ठलाई पालिका अध्यक्षले गर्ने कामकाज गर्नका लागि कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष लामाले २९ असोजमै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ (क) १२ बमोजिम जिम्मेवारी दिएका हुन् ।

कार्यबहाकको जिम्मेवारी दिइएको पत्रको बोधार्थ प्रमुख प्रशासकीय अधिकृत र ९ वटै वडा कार्यालयलाई दिइएको छ । अध्यक्ष लामा सेमिनारको क्रममा करिब १५ दिन चीनमा रहनुहुने भीमफेदी गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्