चितवनको राप्ती नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह नियमित कार्यालयमा उपस्थित नभएकाले दैनिक प्रशासनिक कार्यमा अवरोध पुगेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शाह तीन महिनामा २१ दिनमात्र कार्यालयमा उपस्थित हुँदा नियमित आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको भन्दै सहजीकरणका लागि राप्ति नगरपालिकाले प्रधानमन्त्रीलाई गुहारेको हाे ।

गएको साउन २८ गते हाजिर भएयता असोज मसान्तसम्म २१ दिन मात्र प्रमुख प्रशासकीय अधिकृत शाह कार्यालय आएको भन्दै नगरपालिकाले प्रधानमन्त्रीसमक्ष नगरपालिकाको नियमित कार्य सञ्चालनको लागि तालुक मन्त्रालय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ ।

यही कात्तिक २ गते शमशेर लामाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा प्रमुख प्रशासकीय अधिकृत शाह नियमित कार्यालयमा उपस्थित नहुँदा दैनिक आर्थिक तथा प्रशासनिकसहित कर्मचारीहरुको मासिक तलब भत्ता र नियमित गर्नुपर्ने भुक्तानी समेत नभएकाले नगरपालिकाको नियमित कार्य सञ्चालनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

उक्त पत्रमा प्रमुख प्रशासकीय अधिकृत शाह साउनमा ३ दिन, भदौ ९ दिन र असोजमा ९ दिनमात्र कार्यालयमा उपििस्थत भएको उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी