पोखरा महानगरका नगर प्रमुख र नगर उपप्रमुख नै अहिले विदेश भ्रमणमा छन् । प्रमुख धनराज आचार्य संयुक्त राष्ट्र संघको मानव बसोबास कार्यक्रमले आयोजना गरेको ‘दिगो शहरी विकास र मानव बसोबास सम्बन्धी विश्वव्यापी छलफल’ कार्यक्रममा भाग लिन इजिप्टको कायरोमा छन् भने उपप्रमुख मञ्जुदेवी गुरुङ पारिवारिक भ्रमणमा साइप्रस छिन् ।

नगर प्रमुख र नगर उपप्रमुख नै विदेश भ्रमणमा हुँदा पोखरा महानगरको सेवा प्रवाह प्रभावित बन्न पुगेको छ भने कतिपय नेतृत्वले मिलाउनुपर्ने विषय पनि सुल्झन सकेको छैन । नगर प्रमुख आचार्यले कार्यपालिकाको प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिम्सिनालाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिएका छन् ।

श्रीमती भेट्न अमेरिका गएका उनी डेढ महिना बसेर फर्किएपछि कार्यबाहक मेयरको जिम्मेवारी पाएका हुन् । ‘अमेरिकाबाट फर्किएलगत्तै कार्यवाहकको जिम्मेवारी मिल्यो, संयोग नै त्यस्तै प¥यो’, तिमिल्सिनाले भने, ‘कार्यालयमा उपस्थित नहुँदासम्मको लागि कार्यबाहक भन्नुभएको छ, अबको ४÷५ दिनमा त उहाँका फर्किनुहुन्छ ।’

तिमिल्सना श्रीमतीलाई अमेरिका भेट्न जाँदा नगर प्रमुख आचार्य पनि अमेरिका भ्रमणमा गएका थिए । त्यो बेला प्रमुख र प्रवक्तासमेत रहेका तिमिल्सिनाले अमेरिकामै औपचारिक कार्यक्रममासँगै सहभागिता जनाएका थिए । तिनै प्रवक्ता अमेरिकाबाट फर्केलगत्तै कार्यबाहक नगर प्रमुख बनेका हुन् ।

पारिवारिक भ्रमणमा उपप्रमुख गुरुङ ९ कात्तिकमा साइप्रस गएकी हुन् ।

पालिका प्रेस
थप जानकारी