
मकवानपुरको थाहा नगरपालिका र संघीय राजधान काठमाण्डौं जोड्ने छोटो दुरीको चित्लाङ थानकोट (गणेशमानसिंह मार्ग) एक महिनापछि खुलेको छ । मर्मत र स्तारोन्नतिका लागि भन्दै चित्लाङ चन्द्रागिरि थानकोट सडक गत ७ पुसदेखि बन्द गरिएको थियो ।
गणेशमान सिंह मार्गअन्तर्गत पानीघाटदेखी चन्द्रगिरि भञ्ज्याङसम्मको खण्ड स्तारोन्नति गरिएको हो । सडक स्तरोन्नतिका क्रममा उक्त सडकखण्ड पूर्णरुपमा बन्द गरिएको थियो ।
यस्तै, महालक्ष्मी–मातातिर्थ सडक भने २२ पुसदेखि बन्द गरिएकोमा सो सडक पनि खुलाइएको छ । महालक्ष्मी–मातातिर्थ सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडकखण्ड बन्द गरिएको थियो । भिर काट्ने काट्ने काम सकिएपछि उक्त सडकखण्डपनि सञ्चालनमा आएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
दुबै सडक ८ माघबाट पुनः सञ्चालनमा आएका हुन् । यि सडकहरू बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी जोड्ने छोटो मार्गमध्येका सडक हुन् ।
मकवानपुर प्रहरीका अनुसार हेटौँडा काठमाडौं जोड्ने कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड भने अझै केहि दिन एकतर्फी मात्रै सञ्चालनमा रहने छ । उक्त दुबै सडकखण्डमा स्तारोन्नतीको कार्य चलिरहेकोले एकतर्फी सवारी सञ्चालन भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्