मकवानपुर थाहानगरपालिकाको वडा नम्बर ३ देखि ७ नम्बर वडाको चल्तीसम्म पुग्ने पुलको मुखबाट पालुङ हुँदै देउराली, चिसापानी, देउखेल चल्ती सडक स्तरीकरणको काम शुरु भएको छ । सो सडक निर्माणका लागि बि एण्ड पी निर्माण सेवाले ३ करोड ४७ लाख २५ हजार ७ सय ४७ रुपियाँमा ठेक्का पाएको छ । सडकका लागि ४ करोड ३१ लाख विनियोजन भएको थियो ।

सडक स्तरीकरणको २८ माघमा नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पालुङको ठूलोबेशीफाँटमा पुजा गरेर शुभारम्भ गरिन् । स्थानीय पूर्वाधार विकास अन्तर्गत स्तरीकरण हुन लागेको सो सडकको शुभारम्भ पुजा गर्न थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्राुख भरत गोपाली, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीलगायत स्थानीयहरु समेत पुगेका थिए ।

नेपाली काँग्रेसकी नेतृ उपाध्यायको विशेष पहलमा सो सडक स्तरोन्नतिको लागि बजेट व्यवस्था भएको बताइएको छ । सडक स्तरोन्नति शुभारम्भ गर्दै उपाध्यायले स्थानीय यातायातको सुविधा र विकासमा सडकले महत्वपूर्ण योगदान पु¥याउने बताइन् । योजनाको सफल कार्यान्वयनमा सबैको सहयोगको आवश्यक रहेको उनको भनाइ थियो ।

३२ किलोमिटर लामो सो सडक स्तरोन्नतिमा आरसिसी ढलान, प्रिमिक्स, ग्याभिन वाललगायतको कार्य रहेको निर्माण व्यावसायी प्रदिप भट्टले जानकारी दिए । सडकलाई तीन खण्डमा विभाजन गरी काम हुने बताइएको छ । भट्टका अनुसार वडा नम्बर २, ३ र ७ मा सडक स्तरोन्नतिको काम हुनेछ । वि.सं. २०८३ श्रावण ८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

पालिका प्रेस
थप जानकारी