मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ मा सडक मर्मत संभारका लागि नागरिकहरु श्रमदानमा जुटेका छन् । ८ नम्बर वडाध्यक्ष हेम कुमार लामाले वडाको मुख्य तथा सहायक सडकहरुमा वर्षाका कारण भएको क्षतिलाई श्रमदानबाटै मर्मत गर्न आव्हान गरेपछि नागरिकहरु जुटेका हुन् ।

वडाध्यक्ष लामाले ५ असोजमा यस वर्षको वर्षाको कारण मुख्य तथा शाखा सडकहरु पहिरोले क्षति पु¥याएसँगै ठाउँ–ठाउँमा खाल्टाखुल्टी भएको हुँदा किसानहरुले उत्पादन गरिएको तरकारी बजार पु¥याउन र नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै यातायात आवतजावत सहजता ल्याउन श्रमदान गर्न सूचना गरेका थिए । सूचनामा असोज ७ गतेदेखि १२ गते सम्म सडक सरसफाई कार्य गर्ने र सो श्रमदानमा नागरिकहरु आफ्नो टोल बस्ती तथा आफूलाई पाएक पर्ने नजिकका सडकहरुमा श्रमदान गर्न वडाध्यक्ष लामाले आव्हान गरेका थिए ।

वडाध्यक्षले गरेको आव्हान अनुसार ७ असोजमा वि.के.के.एस सडक अन्तर्गत सुनकाली सौराटोदेखि देवीस्थानसम्मको सडक मर्मत गरिएको छ । त्यसैगरी सिउरेनी–जन्तीबसे सडकको पनि मर्मत संभार गरी खाल्डाखुल्डी पुरिएको छ । श्रमदान अन्तर्गत सडकको खाल्डाखुल्डी पुर्ने, नाली सरसफाई तथा थुनिएका नालीहरु खोल्नेलगायतको कामहरु स्थानीयले गरेका थिए । श्रमदानमा नागरिकहरु मात्र नभई वडाध्यक्ष हेम कुमार लामासहित जनप्रतिनीधिहरु समेत दिनभर खटिएका थिए । श्रमदानबाट सडक सफा र मर्मत भएपछि स्थानीयहरु खुशी भएको स्थानीय बासुदेव अर्यालले बताए ।

श्रमदान १२ असोजसम्म जारी रहने र वडाका अधिकांश मुख्य र सहायक सडकहरुका अवरोध पन्छाई मर्मत संभार गर्ने योजना रहेको अध्यक्ष लामाले बताए । उनले भने–‘श्रमदानबाट गर्न सक्ने जति काम गरेर नसक्ने कामका लागि हेभी इक्युपमेन्ट (जेसिबी) प्रयोग गर्ने योजना छ ।’ दशै अघि यि कामहरु गरिसक्ने लामाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी