भारत सरकारले नेपाल सरकारलाई १० वटा ‘बेलिब्रिज’ उपलब्ध गराएको छ । बाढी–पहिरोले राजमार्गका पुलहरू बगाएर लैजाने गरेकाले तत्कालै राजमार्ग सञ्चालनमा ल्याउनका लागि भारत सरकारले ‘बेलिब्रिज’ उपलब्ध गराएको हो ।
हेटौंडास्थित सडक डिभिजन कार्यालयमा ४ मंसिरमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधा मन्त्री कुलमान घिसिङलाई एउटा ‘बेलिब्रिज’ को भाग हस्तान्तरण गरेका थिए । भौतिक पूर्वाधारमन्त्री घिसिङले भारत सरकारले गत वर्ष १० वटा ‘बेलिब्रिज’सहयोग गरेकाले बाढी–पहिरोले पुल बगाएको स्थानमा ‘बेलिब्रिज’ हरू राखेर राजमार्गहरू तत्कालै सञ्चालनमा ल्याउन सफल भएको बताए । नेपाल सरकारको अनुरोधमा भारत सरकारले ७० मिटरभन्दा बढी लम्बाइ भएका १० वटा ‘बेलिब्रिज’सहयोग गरेको जानकारी गराए ।
हेटौंडास्थित सडक विभागमा ५ वटा र इटहरीमा ५ वटा पुल स्टक राखिने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतका ऐतिहासिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाल–भारत छिमेकी मात्र होइन, एकअर्काका सहयोगी–मित्र भएको बताए ।कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माले भारतले नेपाललाई पुल मात्र होइन, प्राविधिक पनि सहयोग गरेको जानकारी गराए । उक्त पुल जडान गर्न भारतीय प्राविधिक नै आउने उनले बताए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्