मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ को कार्यालय ३१ असोजबाट आफ्नै भवनमा सरको छ । थाहानगरको चौकी किटेनी रुप्से सडक खण्डको बँदेली डाँडामा रहेको नवनिर्मित कार्यालय भवन उद्घाटन भएसंगै विकास घर शिखरकोटमा रहेका कार्यालय आफ्नै नयाँ भवनमा सरेको हो ।

वडा कार्यालय भवनमो थाहानगर प्रमुख विष्णु बहादुर विष्टले एक समारोहकाबीच रिवन काटेर उद्घाटन गरे । कार्यालय उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका विष्टले भने–‘नागरिकलाई घरछेवैबाट सेवा दिने कार्यालय वडा हो, तसर्थ हामी सेवा प्रवाहमा कुनै कन्जुस्याइँ गर्दैनौं ।’ स्थानीय सरकारको प्रत्याभूति दिने निकाय पनि जनताका लागि पहिलो वडा कार्यालय नै भएकोले नागरिकको सहज सुविधा र सेवा प्रवाहका लागि वडाबाट कानून अनुसारका अधिक्तम सेवा प्रदान गरिने नगर प्रमुख विष्टको प्रतिवद्धता थियो ।

थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले ४ नम्बर वडा आफ्नै भवनमा सरसंगै थाहानगरका १२ वटै वडा कार्यालय आफ्नै भवनबाट संचालनमा आएको बताउदै जनताको काममा छिटो छरितो हुनेमा बिश्वास ब्यक्त गरे । यसका लागि कर्मचारीहरुलाइृ क्षमता विकास जस्ता कार्यक्रमहरु पनि संचालन गरिने उनको भनाइ थियो ।

थाहा नगरपालिकाको ४ नम्बर वडा अध्यक्ष नारायण लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले, ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र रायमाझी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनीधिहरु तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । कार्यालय उद्घाटनसंगै वडाको सबै प्रशासनिक कार्य शुभारम्भ भएको वडा सचिव पाल्साङ लामाले जानकारी दिए ।
थाहा नगरपालिकाको १२ वटा वडा मध्ये वडा नम्बर २, ३, ६, ९ र ११ साविक गाविस भवनमा संचालनमा रहेका छन् भने बाँकी वडा कार्यालयहरु जनप्रतिनिधी निर्वाचित भएपश्चात् निर्माण गरिएको हो । नयाँ बनेका ७ वटा मध्ये ६ वटा कार्यालयबाट यसअघि नैसेवा संचालन भैसकेका थिए भने वडा नम्बर ४ को कार्यालय नयाँ भवनमा सर्ने पछिल्लो वडा हो ।

पालिका प्रेस
थप जानकारी