थाहा नगरका फोटो पत्रकार गणेश विष्टले खिचेका थाहा नगरपालिकाका विविध विषय र क्षेत्रका फोटोहरु प्रदर्शनीमा राखिने भएको छ । विष्टले खिचेका फोटोहरुलाई थाहा नगरपालिकाले काठमाडौँको बसन्तपुर डबलीमा तीन दिनसम्म राखेर प्रदर्शन गर्न लागेको हो ।
थाहाको पर्यटन प्रबद्र्धन गर्न नगरको सभ्यता, सस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताए ।
फरक सोच अभियानको संयोजन र ओम अध्याय रिसोर्टको सहयोगमा १८, १९ र २० कात्तिकमा फोटो पत्रकार गणेश विष्टले खिचेका फोटोहरु प्रदर्शनी गरिने नगरपालिकाले जनाएको छ ।
पर्यटनको प्रसस्तै सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा र सभ्यतालाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले विश्वास व्यक्त गरे ।
पछिल्लो समय संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक यादव जंग रायमाझीले बताए ।
प्रदर्शनीमा राख्न करिब १ सय ओटा फोटो तयार गरिएको र स्थान,रुची र आवश्यक्ता हेरी त्यसको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्