अत्याधिक गर्मीका कारणले गर्दा केही देन देखि बन्द भएको मकवानपुरगढी गाउँपालिकाको शैक्षिक सस्थाहरु २८ जेठबाट बाट सुरु भएको छ । गर्मीको कारणले गर्दा पालिका भरी रहेका शैक्षिक सस्थाहरुको पठन पाठनको अबस्था बुझ्नको लागि नै गाउँपालिकाले विद्यालय अनुगमनलाई तिब्रता दिएको हो ।

वडा नम्बर ४ मा रहेको मनकामना माविमा गाउँपालिका अध्यक्ष सहितको टोलिले विद्यालय अनुगमन गरिएको थियो । साथै विद्यालयको अनुगमनसंगै शिक्षा सुधार गर्ने लक्ष्य अनुसार शिक्षकहरुसंग केहिबेर छलफल सहित राए सहित प्रस्तुत गरिएको थियो ।

गर्मिका कारण मकवानपुरका बिभिन्न स्थानिय तहहरुले शैक्षिक सस्थाहरु केही समय बिदा दिएता पनि मकवानपुरगढी गाउँपलिकामा भने सुचारु गरिएको र विद्यालययमा विद्यार्थीको उपस्तिथी, गर्मीले गर्दा पठनपाठनमा असहज छ कि सहज भएको छ भन्ने बिषयमा बुझनको निमित्त आफू स्थलगत अनुगमनमा निस्किएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङताने बताए ।

पालिका प्रेस
थप जानकारी