मकवानपुर थाहा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० का लागि वडालाई दिइएको बजेट सिलिङमा ९३.६१ प्रतिशत मात्र वित्तिय प्रगती हासिल भएको छ । वडागत बजेट उपशीर्षक अन्तर्गत १४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड ८४ लाख ३१ हजार ३ सय ४३ रुपैयाँ खर्च भएको थाहा नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए ।

१२ वटा वडा रहेको थाहानगरमा सबैभन्दा बढि वित्तिय प्रगती हासिल गर्नेमा वडा नम्बर ६ र सबैभन्दा कमजोर अवस्था वडा नम्बर १० रहेको छ । आर्थिक वर्ष २०७९/०८० का लागि वडागत बजेट उपशीर्षक अनुसार वडा नम्बर १ ले १ करोड १५ लाख बजेट पाएकोमा १ करोड १० लाख ४६ हजार ७ सय ५१ खर्च भई ९६.०५ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । त्यस्तै वडा नम्बर २ मा १ करोड १५ लाखमा १ करोड १३ लाख ३६ हजार ६ सय ७५ खर्चभई ९८.५७ प्रतिशत, वडा नम्बर ३ मा १ करोड १५ लाखमा १ करोड ५ लाख ७८ हजार ९ सय ८२ खर्च भई ९१.९९ प्रतिशत, वडा नम्बर ४ मा १ करोड २५ लाखमा १ करोड २२ लाख ८० हजार १ सय १७ खर्च भई ९८.२४ प्रतिशत, वडा नम्बर ५ मा १ करोड २५ लाखमा १ करोड २१ लाख ७३ हजार १ सय १ खर्च भई ९७.३८ प्रतिशत, वडा नम्बर ६ मा १ करोड १५ लाखमा १ करोड १३ लाख ९५ हजार २ सय ४५ खर्च भई ९९.०८ प्रतिशत वित्तिय प्रगती हासिल भएको छ ।

त्यस्तै वडा नम्बर ७ मा १ करोड ३५ लाख विनियोजन भएकोमा १ करोड २१ लाख ७६ हजार २ सय ६२ खर्च भई ९०.१९ प्रतिशत, वडा नम्बर ८ मा १ करोड ३५ लाख विनियोजन भएकोमा १ करोड २३ लाख ४५ हजार ७६ रुपियाँ खर्च भई ९१.४४ प्रतिशत, वडा नम्बर ९ मा १ करोड १५ लाख बजेट विनियोजन भएकोमा १ करोड ४ लाख ४२ हजार ९ सय ३४ खर्च भई ९०.०८ प्रतिशत, वडा नम्बर १० मा १ करोड १५ लाख विनियोजन भएकोमा ९९ लाख ३७ हजार बत्तिस रुपियाँ खर्च भई ८६.४ प्रतिशत, वडा नम्बर ११ मा १ करोड ३५ लाख विनियोजन भएकोमा १ करोड २५ लाख ४६ हजार १ सय ३७ खर्च भई ९२.९३ प्रतिशत र वडा नम्बर १२ मा १ करोड ३५ लाख बजेट विनियोजन भएकोमा १ करोड २१ लाख ७३ हजार ३० रुपियाँ खर्च भई ९०.१७ प्रतिशत वित्तिय प्रगती हासिल गरेको थाहा नगरपालिकाले जनाएको छ ।

थाहानगरले आर्थिक वर्ष २०७९/०८० मा समग्रमा ८०.५९ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । कुल १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट रहेकोमा ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ खर्च भएको नगरपालिकाले २५ साउनमा आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा कार्यक्रममा जानकारी दिइएको छ । सरकारको सर्वत्र चासोमा रहने पुँजीगत खर्च भने थाहा नगरपालिकाले ७०.९० प्रतिशत गरेको छ । ६७ करोड ८ लाख २० हजार ७ सय ६२ रुपैयाँ पुँजीगततर्फ विनियोजित बजेट मध्ये पालिकाले ४७ करोड ५२ लाख ६७ हजार २ सय २४ रुपैयाँ खर्च गरेको नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए । नगरपालिकाले चालुतर्फ ५२ करोड १७ लाख ९१ हजार १ सय रुपैयाँ बिनियोजन भएकोमा ४७ करोड १० लाख ४६ हजार ३१ रुपैयाँ अर्थात ९०.२७ प्रतिशत खर्च गरेको छ ।

पालिका प्रेस
थप जानकारी