आर्थिक व्ययभार बढ्दै गएपछि चन्द्रपुर नगरपालिकाले आन्तरिक श्रोत वृद्धि र खर्च कटौती गर्ने भएको छ । आर्थिक मन्दिको प्रभाब चन्द्रपुर नगरपालिकामा समेत परेपछि प्रमुख प्रशाकीय अधिकृतको प्रस्तावमा कार्यपालिकाको बैठकले आन्तरिक श्रोत वृद्धि र खर्च कटौतीको निर्णय गरेको हो । आन्तरिक आय घट्दै गएपछि चन्द्रपुर नगरपालिकाले ४० करोड ४८ लाख रुपैयाँ घाटाको अवस्था रहेपछि आन्तरिक श्रोत वृद्धि र खर्च कटौती गर्ने भएको हो । चन्द्रपुर नगरपालिकाले आन्तरिक श्रोत वृद्धिको उपाय पहिल्याउँदै थप कडाइ गर्ने भएको हो ।

आगामी दिनमा चन्द्रपुर नगरपालिकाले नक्सापास नभएका घरहरुलाई विद्युत् र पानीको जडान गर्न सिफारिस नदिने,पुरानावनेको घरको अनिवार्य घर अभिलेखीकरण गर्ने,राजश्व रसिद बेगर कुनै पनि सिफारिस नगर्ने,नगरपालिका र वडा कार्यालयले खर्च गर्ने योजना बनाउँदा आन्तरिक आय वृद्धि हुने खालका योजना छनौट गरी कार्यान्वयन गर्न प्राथमिकता दिने, नक्सापास वा घर अभिलेखीकरण नभएका घरहरुको सम्पत्ति मूल्याङ्कन, घरभाडा सिफारिस र आयस्रोत प्रमाणित नगर्ने, नक्सापासको सुरु प्रक्रिया वडा कार्यालयमा रहेका प्राविधिकबाट गर्ने, भुमिआयोगले वितरण गर्ने सुकुम्वासीहरुको सिफारिस नि:शुल्क गर्ने र अव्यवस्थित बसोबासको सिफारिस गर्दा १० बर्ष बसोबास गरेको प्रमाण पेस गर्नुपर्ने, नगरपालिकाले प्रतिबर्ष प्रति कठ्ठाको ५सय रुपैयाँको दरले १० वर्षको सिफारिस दस्तुर लिने, नगरपालिका क्षेत्रको पूर्व–पश्चिम राजमार्ग र चपुर–गौर सडक बाहेक भित्रि सडक र जग्गाहरुमा गाडिएका विद्युतपोलहरुको प्रतिपोल वार्षिक  ५० रुपैयाँ व्यवसायिक कर तोक्ने र वडा अध्यक्षहरुले आ –आफ्नो वडामा रहेका विद्युतपोलहरुको लगत लिई नगरपालिकामा पेस गर्ने रहेको छ ।

प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीका अनुसार चालु खर्च घटाउने निर्णय नगरपालिकाले गरेको छ । यस आर्थिक बर्ष कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास, तालिम, गोष्ठी, समारोह, भ्रमण जस्ता सम्पूर्ण क्रियाकलापहरु स्थगित गर्ने, थप कर्मचारी पदपुर्ती नगर्ने, नयाँफर्निचर, मेसिनरी औजार र सवारी साधन खरिद नगर्ने र पुराना साधनको मर्मत सम्भार गरी कार्य सञ्चालन गर्ने, सवारी साधनको इन्धनखर्चको लगवुक रेकर्ड राख्ने, यसको लागिपाम्समा इन्ट्री गरी रेकर्ड राख्नको लागि एकद्धार प्रणाली लागु गर्ने, यसको लागि स्टोर शाखाले कुपन काट्ने भएको छ ।

कार्यालयको पत्रआदेश बेगर प्रकाशित हुने सूचना विज्ञापन सन्देशमूलक समाग्री वा शुभकामनाको भूक्तानी नदिने, प्रमुख प्रशासकीय अधिकृतको अर्डर स्लीपवाहेक कुनै पनि मसलन्द सामाग्री खरिद नगर्ने, कार्यालयमा बाहिरबाट आउने चिया र खाजावन्द गर्ने, आर्थिक सहायता दिन वन्द गर्ने, गैरसरकारी संस्थालाई कार्यक्रम दिई सञ्चालन गर्ने कार्य वन्द गर्ने, विपदव्यवस्थापनको कामवाहेक इन्धन खर्च गरेर नगरपालिकाले हेभीइक्युपमेन्टहरु संचालनन गर्ने,  हेभीइक्यूपमेन्ट संचालनको माग गर्दा माग गर्ने निकायले इन्धनको व्यवस्था आफैले गर्ने, वडा कार्यालयको विजुलीमहशुल वडा कार्यलयलाई छुट्टाइएको वडा कार्यालय व्यवस्थापन शीर्षकबाट खर्च गर्ने र बजेट नपुग भएमा नगरपालिकामा पेस गर्ने रहेको छ ।

 पूँजिगतखर्चमा विगतमा सम्झौता भई हालसम्म पनि काम सञ्चालन सुरु नभएका र दायित्व सिर्जना भएका योजनाहरुको सम्झौता रद्ध गरी कार्य रोक्ने निर्णय भएको छ । संवृद्ध नगर निर्माणमा नगरपालिकाले उपाय अवलम्बन गरेको नगरप्रमुख सञ्जय काफलेले बताए ।

पालिका प्रेस
थप जानकारी