जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ८६औं बोर्ड बैठक १७ माघमा बसेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको नियमित बोर्ड बैठकले विगतमा भएका निर्णय कायान्वयनको समिक्षा गर्नुका साथै थप निर्णयहरु गरेको छ ।

बैठकले विगतमा बोर्डबाट भएका निर्णयहरुको कार्यान्वयनको समिक्षा गर्नुका साथै प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयनलगायत थप समसायिक विषयमा छलफल गरेको जिसस प्रमुख खुलालले बताए । बैठकले यस अघि भएका निर्णयलाई कार्यान्वयनमा लाने सन्दर्भमा कार्यालयलाई निर्देशन समेत गरेको छ । यस्तै जिससको मौजदात कोषबाट जिल्लाका विभिन्न पालिकामा सञ्चालित आयोजनाहरुको प्रगतिका विषयमा जानकारी लिने साथै यसै हप्ताबाट पालिकाहरुको अनुगमनमा जाने निर्णय गरेको उनले बताए ।

यस्तै बैठकले विभिन्न समसामयिक विषयमा छलफल गर्ने सन्दर्भमा स्थानीय तह समन्वय बैठक र ढुंगा, गीट्टी, बालुवा अनुगमन समितिको बैठकल आयोजना गर्ने, स्थानीय तह स्वमुल्याङकन (लिजा) को रिपोर्ट यथासक्य छिटो पठाउन स्थानीय तहलाइ पत्राचार गर्ने साथै लिजा रिपार्ट सार्वजनीक गर्न सफल जिल्लाको एक मात्र हेटौंडा उपमहानगरपलिकालाई धन्यवाद दिने निर्णय गरेको उनले बताए । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, बुद्धिबहादुर स्याङतान, चित्रबहादुर बलामी, गणेश कुमारी प्रधान, सरिता विक, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत सुनिताकुमारी गजुरेललगायतको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी