विभिन्न समयमा गरिएको बजार अनुगमनबाट बरामद गरिएको एक लाख बढि मूल्यका दैनिक उपभोग्य सामान २४ फागुनमा नष्ट गरिएको छ । म्याद नाघेका, गुणस्तरहीन रहेका उपभोग्य सामग्री थाहा नगरपालिका उपभोक्ता हित संरक्षण समितिको निर्णय अनुसार नष्ट गरिएको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएको खाने तेल, पेय पदार्थ, कस्मेटिक सामाग्री, चकलेट, मसलालगायत दैनिक उपभोग्य सामाग्री बरामद गरिएको थियो । उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अब एक्सनमै जानुपर्ने अवस्था आएको प्रतिक्रिया दिए ।

बरामद सामाग्रीलाई थाहानगर प्रहरी, नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगरपालिका वडा नम्बर ३ अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, प्रशासन महाशाखा प्रमुख नवीन खालिङ, बजार अनुगमन समिती सदस्यहरु अनिल लामिछाने, उमेश श्रेष्ठ र संचारकर्मीको रोहवरमा नष्ट गरिएको हो ।

थाहा नगरपालिकाले उपभोक्ताहरुको हितको लागि विभिन्न समयमा नगरपालिकाको मुख्य बजार अनुगमन गर्दै आइरहेको छ ।

पालिका प्रेस
थप जानकारी