????????????????????????????????????

गोरखा नगरपालिकाकाे नवाै नगर सभा सम्पन्न भएकाे छ । नगरप्रमुख राजनराज पन्तकाे अध्यक्षातामा भएकाे नगरसभा आज शुक्रबार सम्पन्न भएकाे हाे ।

नगरसभाबाट गोरखा नगरपालिकाले विभिन्न पाँच विधेयक पास गरेकाे छ । जसमा वन विधेयक, कर्मचारी सेवा ब्यवस्थापन गर्न बनेकाे विधेयक, प्रज्ञा प्रतिष्ठान विधेयक, विकास प्राधिकरण विधेयक र सार्वजानिक नीजि साझेदारी तथा लगानी विधेयक रहेका छन् ।

नगरसभामा वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्काले वन विधेयकलाई प्रस्तावका रुपमा पेश गरेका थिए । यसैगरी वडा नम्बर १४ का वडाध्यक्ष राम बहादुर खड्काले गोरखा नगरपालिकाकाे कर्मचारी सेवा ब्यवस्थापन गर्न बनेकाे विधेयक सभामामा पेश गरेका हुन् भने प्रज्ञा प्रतिष्ठान विधेयककाे प्रस्ताव वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँले गरेका थिए ।

यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष खाेप बहादुर अधिकारीले गोरखा नगरपालिकाकाे विकास प्राधिकरण विधेयकलाई सभाबाट पास गर्न प्रस्ताव गरेका हुन् । त्यस्तै सार्वजानिक नीजि साझेदारी तथा लगानी विधेयकलाई सभामा वडा नम्बर १२ का वडाध्यक्ष डिलबहादुर थापा मगरले प्रस्तावका रुपमा पेश गरेका हुन् ।

प्रस्तुत भएका पाँच वटै विधेयक नगरसभाबाट सर्वसम्मत रुपमा पास भएकाे प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । त्यस्तै गोरखा नगरपालिकाकाे सहकारी ऐन २०७४ लाई संशाेधन गर्न प्रस्तुत प्रस्ताव समेत पास भएकाे छ । सभामा नगरसभा सदस्य आनन्द गुरुङले साे प्रस्तुत प्रस्तुत गरेका थिए ।

यसैगरी उपमेयर विना कुमारी श्रेष्ठले सभामा नगरपालिकाकाे आर्थिक ऐन र विनियाेजन ऐन २०७८ लाई पहिलाे संशोधनका लागि प्रस्ताव गरेकी थिइन् । संशाेधनका लागि पेश भएका दुवै ऐन समेत सर्वसमतीले पारित भएकाे प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए ।

पालिका प्रेस
थप जानकारी