नेकपा एमाले निकट रिटर्नी फेडेरेशन नेपाल थाहानगर कमिटीको अध्यक्षमा रामचन्द्र खत्री सर्वसम्मत चयन भएका छन् । यो वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुको संगठन हो ।
रिटर्नीको २४ चैत्रमा सम्पन्न प्रथम नगर अधिवेशनले खत्रीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सुमन भुजेल, सचिवमा रुपचन्द्र गोपाली उपसचिवमा संग्राम कार्की र कोषाध्यक्षमा श्रमिता महर्जन सर्वसम्मत चयन भए । कमिटीको सदस्यहरुमा सुनमाया थिङ, मिश्रथ कार्की, बलराम बर्तौला, हर्ष बहादुर मुक्तान, उकेश श्रेष्ठ, विष्णुहरि बर्तौला ‘डार्लिङ’, सुबिन्द्रमान प्रधान र संजोक कार्की चुनिएका छन् ।
तदर्थ कमिटीका अध्यक्ष सुमन रायमाझीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् रिटर्नी फेडेरेशन नेपालका स्थायी कमिटी सदस्य जहर सिं लामाले अब मुलुक परिवर्तनका लागि रिटर्नीहरु एकजुट हुन आवश्यक रहेको बताए । अधिवेशनमा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आर्थिक र सामाजिक रुपान्तरणका लागि विदेशबाट फर्किएका युवाहरुले स्वरोजगारीमा ध्यान पु¥याउन आवश्यक रहेको बताए । प्रधानेले रिटर्नीले मुलुक मै रोजगारीको अवस्था सिर्जना गराउन सरकारलाई दबाब दिनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्