मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँ निवासी विष्णु प्रधानको निधन भएको छ । पछिल्लो समय जनमुखी राजनीतिका प्रवर्तकको रुपमा मानिदै आएका प्रधानको ६९ वर्षको उमेरमा आफ्नै निवासमा २४ चैतमा निधन भएको उनका परिवारले जनाएको छ । उनको जन्म २०११ माघ १२ गते जन्म भएको थियो ।

श्वासप्रश्वास रोगबाट पीडित हुँदै आएका प्रधान थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टका समेत सहकर्मी हुन् । उनले विष्टसंग लामो समय संगत गरेका छन् भने जनमुखी राजनीतिमा उनको योगदान रहेको छ । प्रधानलाई जनमुखी सहकर्मीको रुपमा समेत चिनिन्छ । उनको श्रीमती, १ छोरी र तीन छोरा छन् ।

समाजसेवी तथा जनमुखी सहकर्मी प्रधानको निधनप्रति थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र थाहाका ज्येष्ठ नागरिक समिति सल्लाहकार समेत रहेका प्रधानको परिवारप्रति वडाध्यक्ष रायमाझीले समवेदना समेत प्रकट गरे । वडाध्यक्ष रायमाझीले प्रधानलाई राजनीतिक यात्राको प्रेरणाको स्रोत समेत भनेका छन् ।

साधारण जीवनशैली भएका कर्मशील लामो समय राजनीतिमा लागेर पनि व्यक्तिगत लाभका लागि कहिल्यै अग्रसर नभएका प्रधानको निधनले ठूलो क्षति पुगेको स्थानीय यादवजंग रायमाझीले प्रतिक्रिया दिए । प्रधानको पार्थिव शरिरमा नेकपा माओवादी केन्द्र थाहानगरले झण्डा ओडाएर सम्मान गरेको छ । उनको २४ चैतमै इन्द्रायणी चौरमा दाहसंस्कार गरिएको छ ।

पालिका प्रेस
थप जानकारी