थाहा नगरपालिकाको बज्रवाराहीमा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । थाहा नगरपालिकाको वडा नम्बर ६ मा रहेको टिस्टुङ रिसोर्टमा भएको ३ दिने तालिम ८ वैशाखमा सकिएको थाहा नगरपालिका कृषि विकास शाखाकी ज्ञानु भट्टराईले जानकारी दिइन् ।

आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरुको लागि थाहा नगरपालिका कृषि विकास शाखाले तालिमको दिएको होे । कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले उक्त तालिममा थाहानगरको वडा नम्बर १, ५, ६, ९ र १० को अगुवा कृषक किसानहरुको सहभागीता रहेको थियो ।

तालिममा सहभागीहरुलाई तालिममा व्यवसायिक तरकारी खेती गर्ने तरिका, रोग नियन्त्रणको उपाय लगायतका विषयमा प्रशिक्षक माधव भट्टले सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी