मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँसभाको १० असारमा भएको १४ ओैँ अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को अनुमानित आय र व्ययको विवरण पेश गरेका हुन् ।

चालू वर्षको तुलनामा गाउँपालिकाको आगामी वर्षको बजेट घटेको छ । चालु वर्ष गाउँपालिकाले ५२ करोड ४२ लाख ५५ हजार ३०५ रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी बर्षको बजेट चालू बर्षको तुलनामा ३ करोड ६३ लाख ८७ हजार ५८७ रुपैंया कम विनियोजन भएको छ । गाउँपालिकाले आगामी वर्ष कृषि विकासतर्फ ९० लाख ५१ हजार, उद्योग विकास तर्फ ३१ लाख, पर्यटनतर्फ ५४ लाख, सिंचाईतर्फ ५७ लाख ३५ हजार, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार र आर्थिक विकासतर्फ ३ करोड २७ लाख २९ हजार बजेट विनियोजन गरेको छ ।

यसैगरी मनहरी खोला पक्की पुल देखि नामटार कालिकाटार सडकको स्ल्याब ढलान तथा कालोपत्रेका लागि बहुवर्षीय योजना अन्तर्गत संघको ६५ लाख र पालिकाको ७० लाख गरि १ करोड ३५ लाख, यातायात पुर्वाधार विकासतर्फ ९ करोड ४४ लाख ५० हजार, युवा तथा खेलकुदतर्फ ४० लाख ५० हजार, भाषा तथा संस्कृति प्रवर्द्धनमा १४ लाख ५० हजार, शिक्षातर्फ १५ करोड ३२ लाख ८१ हजार र चेली प्रोत्साहन कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष ठकुरीले बताए ।

पालिका प्रेस
थप जानकारी