जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको लागानीमा हेटौंडा–१४ बदेलधापमा निर्माणधिन खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति मकवानपुरको मौजदात कोषको लगानीमा निर्माण भईरहेको लिफ्टीङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको जिसस मकवानपुरले जनाएको छ ।

पाँच लाख लिटर क्षमताको ट्याङ्कीसहितको लिफ्टीङ खानेपानी आयोजनाको २३ माघमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको टोलीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा आयोजनाको करीब ८० प्रतिशत काम सम्पन्न भएको पाइएको खुलालले बताए । करीब ७ सय घरधुरी लाभान्वीत हुने उक्त आयोजनाका कारण त्यस क्षेत्रका नागरिकको लामो समयदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ । खानेपानी आयोजनाका लागि जिससको मौजदातकोषबाट २ करोड ७६ लाख रुपैया उपलब्ध गराएको थियो । नपुग बजेट हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डले व्यवस्थापन गरेको हो । करीब तीन करोड ५६ लाख लागत अनुमान गरिएको उक्त आयोजना २ करोड ३५ लाखमा सम्झौता भई निर्माण भईरहेको हो । अनुगमनका क्रममा प्रमुख खुलालले काम सन्तोषजनक भएको पाईएको प्रतिक्रिया दिए ।

अनुगमन टोलीले जिससको मौजदात कोषकै लगानीमा हेटौंडा–९, स्थित प्रगति माविको निर्माणधिन शौचालय भवन, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१०, राप्तीतटमा जडान गरेको शवदाह मेसिनको समेत अनुगमन गरेको थियो । अनुगमन टोलीमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, शहरी पूर्वाधार विकास महाशाखा प्रमुख ईन्जिनीयर सत्यनारायण शाह, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख सुदर्शन ढकाल, जिससका नायबसुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी