मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको न्यायिक समितिले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक सय १५ वटा विभिन्न विवादका निवेदनको मुद्दाको मिलापत्र गराएको छ । उपप्रमुख राजेश बानियाँको अध्यक्षतामा बसेको बैठकले निवेदनमाथी दुईपक्षको उपस्थितिमा मिलापत्र गरिएको न्यायिक समिति सचिवालयका अधिकृत सुजन तिमल्सिनाले बताए ।

समितिमा गत आवका २८ मुद्दा सहित चालु आवको जेठ मसान्तसम्ममा दुई सय ३८ विवादका निवेदन दर्ता भएको उनले बताए । ‘निवेदनमाथी दुईपक्ष छलफल पश्चात कोहीको मिलापत्र गरिएको त कोहीको अदालत जानको लागि सुझाएका छौं,’ उनले भने । नगरका वडामा रहेको मेलमिलाप केन्द्रमा छलफल हुने र त्यहाँ टुड्डो नलागेकाहरु नगरको न्यायिक समितिमा आउने गरेको न्यायिक समितिका संयोजक उपप्रमुख बानियाँले बताए । ‘कतिपय विषयवस्तुको छलफल हुँदा पनि १० जना निवेदकलाई अन्य न्यायिक निकायमा जानलाई आग्रह गरेका छौं,’ संयोजक बानियाँले भने । ४ वटा निवेदन फिर्ता गरेको, ११ वटा मुलतवीमा राखेको र ३ वटा निवेदन तामेलीमा राखेको संयोजक बानियाँले बताए ।

‘हामीले ३६ जना निवेदकलाई अदालत जान सुझाएका छौं’ बानियाँले भने । वडा मेलमिलाप केन्द्रमा छलफलको प्रक्रियामा ५२ वटा निवेदन रहेको, न्यायिक समितिमा २९ वटा निवेदन प्रक्रियामा रहनुका साथै ६ वटा निवेदन डिसमिस पारेको संयोजक बानियाँले बताए । प्रायःजसो न्यायिक समितिमा जग्गा÷साँधसीमाना सम्बन्धी र आर्थिक लेनदेनसम्बन्ध विवादका उजुरी बढी आउने गरेको जनाइएको छ ।

समितिमा जग्गा/ साँधसीमानासम्बन्धी ६२ वटा, आर्थिक लेनदेनसम्बन्धी ५१ वटा, पति–पत्नीसम्बन्धी २१ वटा, बाटो सम्बन्धी २९ वटा, घर ायसी÷अंशबण्डा सम्बन्धी १९ वटा, ज्यालामञ्दुरी नपाएको १६ वटा, घर बहाल नपाएको÷कोठा खाली गराई पाउँको १४ वटा, सहमति कार्यान्वयनको १२ वटा उजुरी परेका छन् । त्यस्तै गाली बेईज्जती सम्बन्धी ६ वटा, जीवनयापन खर्च पाँउसम्बन्धी विवादको ५ वटा र वातावरण प्रदुषणसम्बन्धी विवाद ३ वटा रहेको सचिवालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी