बर्दियाको ठाकुरबाबा नगरपालिकाले पालिकाको उपलब्धी समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।

पालिकाले जनप्रतिनीधि निर्वाचित भएपछि हालसम्म भए गरेका कार्यहरुको संक्षिप्त विवरण तथा उपलब्धिहरु समेटिएको पुस्तक ‘ठाकुरबाबा नगरपालिका हिजो र आज’ नामक पुस्तक लोकार्पण एक कार्यक्रमकाबीच भएको हो । कार्यक्रममा नगर प्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उप प्रमुख कृष्णा कुश्मा थारुको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाललगाएत जनप्रतिनिधि, विभिन्न राजनैतिक दल, संघ संस्था एवं संजालकाका प्रमुख एवं प्रतिनिधि र ठाकुरबाबा नगरपालिका अन्तर्गत विभिन्न शाखा एवं वडामा कार्यरत कर्मचारहरुको सहभागिता रहेको कर्मचारी प्रशासन उपशाखाका चक्रपाणी आचार्यले पालिका प्रेसलाई जानकारी दिए ।

फाेटाेहरूः चक्रपाणी अाचार्य

पालिका प्रेस
थप जानकारी