जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको बागमती गाउँपालिको अनुगमन गरेको छ । स्थानीय तहहरुको वार्षिक योजना प्रगति, आर्थिक सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सहजिकरण, सामाजिक सुधारलगायतका क्षेत्रमा भए÷गरेका कार्यहरुको नियमित अनुगमन गर्ने क्रममा २४ माघमा बागमती गाउँपालिकाको अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलगायतसंग हालसम्मको समग्र प्रगतिको अवस्थाका विषयमा जानकारी लिनुका साथै विभन्न आयोजनाको स्थलगत निरिक्षण समेत गरेका छन् गाउँपालिकाको गौरबको योजना अन्तरगतको निर्माणधिन माझि संग्राहालय, धरानचतरा राजमार्ग अन्तरगतको बागमती खोलामा निर्माणाधिन पुललगायत पालिकाका विभिन्न आयोजनाको अनुगमन गर्नुभएको थियो । सो क्रममा अनुगमन टोलीले स्थानीय तह स्वमुल्याङकन (लिजा) को बारेमा समेत जानकारी लिएको थियो ।

अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद सापकोटाले स्थानीय तहमा यो वर्ष कोभिडका कारण उपलब्धी कम भएको जानकारी दिए । हालसम्म गाउँपालिकाको ६० प्रतिशत योजना सम्झौता भईसकेको र ३० प्रतिशत सम्पन्न भईसकेको अध्यक्ष घलानले जानकार दिए ।

प्रदेशका योजनाहरु भने समन्वयको अभावका कारण कार्यानवयनमा समस्या रहेको पालिकाका जनप्रतिनीधिहरुले बताउ । समन्वयको अभावमा एउटै प्रकृतिका योजनामा प्रदेश र स्तथानीय तहको लगानी हुने समस्या रहेको बताए । अनुगमन टोलीमा जिसस सदस्यहरु देवराज रिमाल, सरिता विक, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, प्रेस संयोजक बिवश अधिकारीलगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी