जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा हटे ौंडामा भइरहेकोमूल्य पारदर्शिता सप्ताह आइतबार समापन भएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत बैशाख २८ गते शुरु गरेको मुल्य पारदर्शिता सप्ताहको आइतबार समापन गरिएको हो ।

आइतबार अन्तिम दिन आन्तरिक राजश्व कार्यालय हटे ौंडाको आयोजनामा मूल्य सुची र बिल–बिजक सम्बन्धी साना तथा लघु उद्यमीहरुसँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडाका कर अधिकृत ध्रुव सिंह घलानले व्यवसायीहरुले हरेक सामग्रीहरुको अनिवार्य अधिकतम खुद्रा मूल्य कायम गरेर बेच्ने र खुद्रा मुल्य राख्न सम्भव नहुने तथा खुल्ला रुपमा बच्ेनपुर्नेसामगी्रहरुकोअनिवार्य दैनिक मूल्य सुची राख्नुपर्ने बताउनुभयो ।

उहाँले यसका फाइदा तथा कानुनी व्यवस्थाबारे सहजीकरण गर्नूभएको थियो । कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले यसपछि प्रशासनले नियमित रुपमा मूल्य सुची तथा एमआरपीमा आधारित भएर सामान बेचे–नबेचेकोबारे अनगु मन गरिनेबताउनुभयो। उहाँले अनुगमनमा कैफियत पाएमा कानुन बमोजिम कारबाही हुने समेत स्पष्ट पार्नुभयो । व्यवसायीहरुले फरक– फरक बस्तु र सेवाका मूल्य सुचीका बारेमा जिज्ञासा राखेका थिए ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख करअधिकृत युक्तप्रसाद सुवेदीले व्यवसायीहरुका प्रश्नहरुको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुर तथा आन्तरिक राजश्व कार्यालय हटे ौंडाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी