जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले प्रयोगमा ल्याउन लागेको अनुगमन, मूल्याङ्कन व्यवस्थापन प्रणाली Monitoring and Evaluation (MEMS) सम्बन्धी दुई दिने तालिम भएको छ । जिससले जिल्ला १० वटै स्थानीय तहका योजना शाखा र कम्प्युट प्राविधि शाखाका कर्मचारीहरुका लागि तालिमको आयोजना गरेको हो ।

जिल्लाका सबै स्थानीय तहमा अनुगमन, मुल्याङ्कन व्यवस्थापन प्रणली सञ्चालन गराई योजना कार्यान्वयनको व्यवस्थित रुपमा अनुगमन गरी समग्र स्थानीय तहको कार्य सञ्चालनमा प्रभावकारीता ल्याउने उद्देश्यले जिल्ला समन्वय समिति मकवानपुरले प्रणलीको विकास गर्न लागेको हो । प्रणलीको पहिलो चरणको निर्माण कार्य सम्पन्न भएकाले सो प्रणाली जानकारी दिन तालिम आयोजना गरिएको जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलले बताए ।

प्रणली मार्फत स्थानीय तहहरुका योजनाहरु, कामको अवस्था, खर्चको अवस्थालगायतका बारेमा थाहा पाउन तथा अनुगमन तथा मूल्याङ्कन कार्य थप प्रभावकारी हुने उहाँले बताउनुभयो ।

पालिका प्रेस
थप जानकारी