मकवानपुरको राक्सिराङ गाउँपालिकामा बाल विवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम आयोजना गरिएको छ । वडा नम्बर ६ स्थित सिलिंङगेमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बाल विवाह अन्त्यका लागि घर–परिवारबाटै प्रयास गर्नुपन बताए । उनले स्थानीय तहहरूलाई बालमैत्री बनाएर बाल विवाह न्यूनीकरण गर्न सकिने बताए ।

बालमैत्री स्थानीय तहमा बालबालिकाहरू विद्यालय नछोड्ने र बाल विवाह कम हुने उनको दाबी छ । संविधानसभा सदस्य गोविन्दराम चेपाङले राक्सिराङमा घरदैलोमै गएर बालविवाहबारे सचेतना फैलाउनुपर्ने बताए । उनले राक्सिराङमा बाल विवाहका घटनाहरू भए पनि बाहिर नआउने गरेको बताए । यसैगरी, राक्सिराङका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बाल विवाह अन्त्यका लागि सबैको योगदान आवश्यक रहेको बताए ।

बाल विवाहका कारण विभिन्न समस्याहरू उत्पन्न हुने गरेको उल्लेख गर्दै उनले गत आर्थिक वर्षमा राक्सिराङमा ७० बालबालिकामा कुपोषणको समस्या देखिएको जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी