फागु पर्व, आज मकवानपुरका दश वटै स्थानीय तहमा धुमधामसँग मनाइँदैछ। बिशेषगरी हेटौंडामा बिभीन्न संघसंस्थाहरुले होली कार्यक्रमको आयोजना समेत गरेर यो पर्व मनाउँदैछन् ।
आज बिहानै देखि होली पर्बका अवसरमा रंङ् दलेर हिडेनेहरु पनि हेटौंडामा उत्तिकै रहेका छन् ।

​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।

फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।

पालिका प्रेस
थप जानकारी