नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम ११ वैशाखमा भएको छ । थाहानगरको शंकर होटलमाकार्यक्रम भएको हो ।
प्रशिक्षण कार्यक्रममा थाहानगरका १२ वटैै वडाबाट दलित मुक्ति मोर्चाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुलाई नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपमहासचिव एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश स्कुलिङ विभाग प्रमुख गणेश विश्वकर्मा, नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य एवम् जिल्ला समन्वय समिति संयोजक भिम पाख्रिन, सचिव वीर बहादुर घलान ज्वाला, प्रदेश कमिटि सदस्य एवम् जिल्ला समन्वय समिति प्रमुख ललित घलान, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, नेकपा माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्ट, नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य कमला विश्वकर्मा, मकवानपुर जिल्ला अध्यक्ष जमिन दियाली लगायतले प्रशिक्षण दिएको नेपाल दलित मुक्ति मोर्चा थाहा नगर कमिटि सचिव सुरेन नेपालीले बताए ।

नेपाल दलित मुक्ति मोर्चा थाहा नगर कमिटि अध्यक्ष पहलमान परियारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आयुष विश्वकर्माले स्वागत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी