बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले जनताले खोजेको विकास एमालेले मात्रै गर्न सक्ने बताएका छन्। जनताले चाहेको स्थिर सरकार र विकास एमालेको नेतृत्वबाट मात्रै प्राप्त हुने मन्त्री श्रेष्ठले बताए। नेकपा एमाले मनहरी गाउँपालिका वडा नम्बर ६ को वृहत कार्यकर्ता भेला तथा वडा अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले एमाले अहिले सरकारको नेतृत्व तहमा नभएकाले नै विकासका कामहरू अघि बढ्न नसकेको उनको भनाई छ ।

जनताको आधारभूत आवश्यकता पुरा गर्ने र देश विकासको लक्ष्य एमाले र एमालेको सरकारबाट मात्रै पूरा हुने मन्त्री श्रेष्ठको दावी गरे । २०७४ को निर्वाचनपछी बनेको एमाले सरकारले जनताले अनुभुति गर्ने खालका थुप्रै विकासका योजनाहरुको सुरुवात गरेको स्मरण गराउदै मन्त्री श्रेष्ठले त्यसपछिको स्वार्थयुक्त राजनीतिक फेरबदलसङ्गै एमालेले अघि सारेका सबै योजनाहरुलाई रोक्ने काम भएको बताउए ।

देश विकास र सुखी नेपाली समृद्द नेपालको लक्ष्यलाई पूरा गर्नपनी एमालेको एकल बहुमतको सरकार अपरिहार्य रहेकोले पार्टीले अघि बढाएको मिसन ८४ लाई सफल पार्नपनी सबै कार्यकर्तालाई जनताको मन जित्नेगरी काम गर्न निर्देशन दिए ।

यसैगरी मन्त्री श्रेष्ठले प्रदेशका जनताको खानेपानी र कृषि क्षेत्रमा सिंचाइ सुविधा पुर्याउने गरि आफुले काम गरिरहेको बताउदै आगामी वर्षको लागि खानेपानी र सिंचाइ लगाएत अन्य विकासलगाएतका आवश्यक योजनाहरु पेश गर्न समेत आग्रह गरे ।
कार्यक्रममा पार्टीको तल्लो तहमा रहेर वडा तथा टोलमा एमालेलाई संगठित बनाउन योगदान पुर्याउनु हुने पुराना एवं अग्रज ४ जनालाई वडा अधिवेशनका क्रममा सम्मान गरिएको थियो । यसैगरी माओवादी केन्द्र मनहरी–६ नम्बर वडाका पुर्व अध्यक्ष कृष्ण बहादुर थिङ लगाएत करीब २ दर्जन व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए ।

वडा कमिटीका अध्यक्ष गोपिलाल मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला कमिटी सदस्य विरेन्द्र डिसि, पालिका कमिटी अध्यक्ष नवीन सुवेदी लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

पालिका प्रेस
थप जानकारी