स्थानीय स्तरमा किसान सूचीकरण सम्बन्धी २ दिने तालिम चितवनमा सम्पन्न भएको छ । मकवानपुर र चितवन जिल्लाका स्थानीय तहका किसान सूचीकरण फोकल पर्सनहरुलाई तालिम दिइएको हो ।
कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहर भवन ललितपुरको आयोजनामा २० र २१ वैशाखमा तालिम भएको हो । तालिमका सहभागीहरुलाई प्रशिक्षण केन्द्रका वरिष्ठ तथ्याङ्क चेत बहादुर रोका र पशु चिकित्सक डाक्टर संजिव पण्डितले सहजीकरण गरेका थिए । तालिमको अवसरमा मकवानपुर र चितवनमा किसान सूचीकरणको अवस्था तथा यसको महत्वका विषयमा डाक्टर पण्डितले प्रष्ट्याएका थिए । तुलनात्मक रुपमा मकवानपुर सूचीकरण कार्यक्रममा अघि रहेको बताउँदै जिल्लमै मकवानपुरगढी गाउँपालिका सबैभन्दा अग्रस्थानमा रहेको र कैलाश गाउँपालिकाको प्रगती प्रायः शुन्य रहेको जानकारी गरायएको थियो ।
किसान सूचीकरण नभए संघ, प्रदेश र स्थानीय तहको अनुदान लगायतका कार्यक्रममा सहभागी हुन नपाउने कानूनको ड्राफ्ट तयार हुँदै गरेको तालिममा जानकारी गराइएको थियो । संघीय सशर्त बजेटमा किसान सूचीकरणका लागि थोरै बजेट पालिकाहरुलाई प्राप्त हुने गरेको भएपनि पालिकाहरु आफैले बजेट व्यवस्था गरी निर्देशिका अनुसार किसान सूचीकरण गर्नुपर्ने औल्याइएको थियो ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्