बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरू सहमत भएका छन्। २१ वैशाखमा सभामुख भुवनकुमार पाठकको आह्वानमा बसेको सर्वदलीय बैठकले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउने सहमति भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।

जेठ १ गते सरकारका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्ने, १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने सहमति जुटेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए।

बैठकले संसदीय समिति सभापति चयनका लागि दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई नै सहमति जुटाउन अनुमति दिने निर्णय गरेको उनले बताए। जेठको पहिलो हप्तासम्ममा सर्वसम्मत समिति सभापति चयन गर्ने मुख्यमन्त्री जम्कट्टेलको दावी छ। यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईवटा समितिको सभापति पाउनुपर्ने अडान राखेको छ।

संसदीय दलका नेता बहादुरसिंह लामाले संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले दुईवटा समितिको सभापति पाउनुपर्ने आफूहरुको बटमलाइन रहेको बताए। दुई वटा समितिको नेतृत्व पाए मात्र सहमति हुन सक्ने नभए निर्वाचन प्रक्रियामा अघि बढ्ने उनको भनाइ छ।आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाउने विषयमा पनि दलहरू सहमत भएका छन्।

पालिका प्रेस
थप जानकारी