आर्थिक वर्ष २०८१÷०८२ को बजेटका सन्दर्भमा संघीय पूर्व अर्थमन्त्री, बागमती प्रदेशका पुर्व आर्थिक मामीला तथा योजनामन्त्री एबम् प्रदेश निति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा सदस्यहरुसंग छलफल गरेको छ । पूर्व अर्थमन्त्री डा युवराज खतिवडाको प्रमुख आतिथ्यता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको अध्यक्षतमा मन्त्रालयले काठमाडौमा छलफल गरेको हो ।
कार्यक्रमा बोल्दै पूर्व अर्थमन्त्री डा। खतिवडाले देशको समग्र आर्थिक विकासका लागि विभिन्न सुझावहरू दिएका छन् । उनले प्रदेशभरि विकासको एकरुपता ल्याउनुपर्ने बताएका छन् । विकासका अयामहरु स्थापित गर्न स्थानीय तहमा औद्योगिक ग्रामहरू स्थापना गर्नुपर्ने बताए । पूर्वमन्त्री डा. खतिवडाले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्नुपर्ने र लैङ्गिक असमानताको अन्त्य गर्नुपर्ने बताए । खतिवडाले राजधानीका जिल्ला सामान्य र अन्य जिल्लाहरूमा कुपोषणको समस्या रहेको बताए ।
कमीकमजोरी रहेका क्षेत्रकोे सुधार गर्नुपर्ने र जलविद्युत् क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । युवा, नवप्रवर्तन र कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र बायोग्यास तथा गोबरग्यास उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । साथै, प्राङ्गारिकक खेतीमा जोड दिनुपर्ने र कृषि आयोजनाहरूमा महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाका लागि फरक मापदण्ड बनाउनुपर्ने खतिवडाको धारणा छ ।
यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्रोत हेरेर मात्र छलफल गरी बजेट बनाउनुपर्ने बताए । अनुत्पादक क्षेत्रमा लगानी नगरी उत्पादनसँग जोडिएका क्षेत्रहरूमा मात्र लगानी गर्न उनले सुझाव दिनुभएको छ । पाण्डेले स्थानीय माग अनुसार ३० प्रतिशत खर्च गरेर बाँकी ७० प्रतिशत संसदबाट पारित गरी रणनीतिक योजना राख्नुपर्ने बताए । साथै, नीति तथा योजना आयोग चलायमान हुनुपर्ने र उत्पादन हुने क्षेत्रमा लगानी गर्दा कुनै पनि कन्जुस्याइँ नगर्नुपर्ने उनको धारणा छ ।
यसैगरी, राष्ट्रिय सभाका पूर्व सदस्य एवम् बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. खिमलाल देवकोटाले आन्तरिक स्रोतको पाटो कमजोर रहेको बताए । आन्तरीक स्रोत दरीलो पार्दै बजेट विनियोजन गर्दा सीमा तोक्नुपर्ने बताएकाछन् । देवकोटाले सानातिना योजनामा हात नहाल्नुपर्ने र गेमचेन्जर योजनालाई अगाडि बढाउनुपर्ने सुझाव दिए । बागमती प्रदेशका पूर्वमन्त्री कैलाश ढङ्गेलले दिगो विकासका लागि बलियो सरकार हुनु जरुरी रहेको बताए । उनले कृषि, पर्यटन र विद्युत् क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष डा। नरविक्रम थापा, सदस्य डा. दिपेन्द्र श्रेष्ठ, प्रदिप कुमार मैनाली, निलम ताम्रकार, पूर्व उपाध्यक्ष डा. कृष्ण पन्त, डा.होमनाथ चालिसे, डा जगत बस्नेत, पूर्व कार्यवहाक उपाध्यक्ष श्याम बस्नेत, पूर्व सदस्य प्रल्हाद लामिछाने, यमूना कँडेल, मन्त्रालयका सचिब कृष्णप्रसाद मैनालीलगायत कर्मचारीहरुको सहभागिता थियो ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्