नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाको आगामी वर्षको वजेटमा शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रमहरु समावेश गर्न माग गरेको छ । संगठन थाहानगर समितिका अध्यक्ष मनोज लामिछाने नेतृत्वको टोलीले नगर प्रमुख बिष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली र प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरीलाई ४ असारमा माग पत्र बुझाएको हो ।

मागपत्रमा विषयगत शिक्षक तालिम र नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल कार्यक्रमलाई नीति तथा कार्यक्रम मै समावेश गर्न उल्लेख छ । माग पत्र बुझाउन संगठनका अध्यक्ष लामिछाने, निवर्तमान अध्यक्ष रुपचन्द्र गोपाली, सचिव सचिन कुमार बल, सदस्य जगन्नाथ अधिकारी पुगेका थिए ।
माग पत्र बुझ्दै नगर प्रमुख विष्टले सकारात्मक प्रतिवद्वता व्यक्त भएको अध्यक्ष लामिछानेले बताए ।

पालिका प्रेस
थप जानकारी