इलामको माईजोगमाईमा भएको दोस्रो सामुदायिक परोपकार गोल्डकप फुटबलको उपाधी ज्योती स्पोर्टिङ क्लबले हात पारेको छ । माईजोगमाइ ५ सिरिसे माविको खेल मैदानमा भएको फाइनलमा सुनौलो फुटबल क्लब माईजोगमाई ४ लाई ६-२ गोल अन्तरले पराजित गर्दै ज्योती स्पोर्टिङ क्लबले उपाधी चुमेको हो ।

पहिलो हाफ ३ गोल गरेको ज्योतिले दोस्रो हाफ थप ३ गोल गर्यो भने सुनौलो फुटबल क्लबले पहिलो हाफ १ गोल गर्यो भने दोस्रो हाफमा थप १ गोल गर्दै उप विजेतामा चित्त बुझाउनु परेको थियो । ज्योतिको तर्फबाट टिम कप्तान जुयल राईले २, सचिन राईले १ र लभकुश राईले ह्याट्रीक गरे ।

उपाधी जितेसगै ज्योती स्पोर्टिङ क्लबले नगद एकसठ्ठी हजार एक सय एकससठ्ठी, आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको सुनौलो फुटबल क्लबले नगद एकचालीस हजार एक सय एकचालीस, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितकाो उदयीमान खेलाडी सुनौलो फुटबलका बेनुप देवान, उत्कृष्ट डिफेन्स ज्योतिका सागर न्यौपाने, उत्कृष्ट गोल रक्षक ज्योतिका रोजन राई, म्यान अफ त म्याच ज्योतिका लबकुश राई र सर्वाधिक गोल कर्ता ज्योतिका जुयल राई घोषित भए ।

  • रोशन काफ्ले/माईजोगमाई
पालिका प्रेस
थप जानकारी