मकवानपुर थाहा नगरपालिकाका कृषि प्राविधिक राजकुमार श्रेष्ठलाई पत्नीशोक परेको छ । थाहा नगरपालिका वडा नम्बर २ पालुङ शहरका श्रेष्ठ पत्नीको ५३ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठकी पत्नी रुपा श्रेष्ठको निजामती कर्मचारी अस्पताल, मिन भवनमा उपचारका क्रममा क्रममा १९ कार्तिकमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्रेष्ठलाई यसअघि ब्लड क्यान्सर पुष्टि भएको थियो । उनी तीन महिनादेखि अस्पतालमै उपचाररत् थिइन् । उनको पशुपतिमा २० कार्तिकमा अन्त्योष्टि गरिएको छ ।

उनका दुई छोरा छन् ।

शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै थाहा नगरपालिकाले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पालिका प्रेस
थप जानकारी