नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङको नाम सर्वसम्मत गरेर सिफारिस गरेको छ ।

दोलखा कांग्रेसको बैठकले  आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि गौरीशंकर उपाध्यक्षमा पासाडिकीको नाम सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गरेको हो ।

हृदयघात भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गएको असार ३१ गते निधन भएसँगै गोरीशंकरमा उपाध्यक्ष पद रिक्त रहँदै आएको छ ।

सोही पदपूर्तिका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले दिवंगत उपाध्यक्ष श्यामसुन्दरकी श्रीमती पासाडिकीलाई उम्मेदवार बनाउने भएको हो । पासाडिकी कांग्रेसको बागमती प्रदेश महिला विभागकी सदस्य पनि हुन् । 

गौरीशंकरको उपाध्यक्षमा एमालेले उमा शेर्पा, माओवादीले निमलेखी शेर्पा (डोल्मा)लाई उम्मेदवार बनाउने भएको छ ।

पालिका प्रेस
थप जानकारी