मकवानपुरको थाहानगरमा क्रियाशील पालुङ जेसीजको जेसीज सप्ताह ९ मङ्सिरबाट सुरु हुने भएको छ । पालुङ जेसीज २०२४ अध्यक्ष निरज रायमाझीका अनुसार विविध कार्यक्रम आयोजना गरी यस वर्षको सप्ताहव्यापी कार्यक्रम गरिनेछ । अध्यक्ष रायमाझीका अनुसार– ७ मङ्सिरमा जेसीज सप्ताह उद्घाटन गरिने कार्यक्रम तय भएको छ भने ९ देखि १४ मंसिरसम्म ७ वटा कार्यक्रम सञ्चालन हुनेछन् ।
पालुङ जेसीज सप्ताह अन्तर्गत ९ मंङ्सीरमा लक्ष्य निर्धारण तालिम कार्यक्रम गरिने छ । सो कार्यक्रमको संयोजकमा विराज थापा तोकिएका छन् । १० मङ्सिरमा विश्वनाथ रायमाझीको संयोजकत्वमा प्रदिप जेसीज दौड प्रतियोगिता, ११ मङ्सिरमा अजय कार्कीको संयोजकत्वमा न्यानो कपडा वितरण कार्यक्रम, १२ मङ्सिरमा रोशनी गोपालीको संयोजकत्वमा वक्तृत्वकला प्रतियोगिता, १३ मङ्सिरमा रचना बस्नेतको संयोजकत्वमा भरत–रत्न छात्रवृत्ति कार्यक्रम र सप्ताह अन्तर्गतको अन्तिम दिन १४ मङ्सिरमा श्रीकृष्ण श्रेष्ठको संयोजकमा मैत्रीपुर्ण जेसीज कप फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।
पालुङ जेसीजले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमको समापन १५ मंसिरमा गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ ।
जेसीज सप्ताह भव्यताकोसाथ सम्पन्न गर्नका लागि मान सिंह दोङ संयोजक र नारायण कार्की सहसंयोजक तोकिएका छन् । जेसीजले हरेक वर्ष विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आफ्नो सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको महासचिव विक्रम गोपालीले जानकारी दिए ।




















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्