मकवानपुर जिल्ला अन्तर्गत पर्ने विभिन्न राजमार्गहरुबाट पशु ढुवानीका क्रममा मापदण्ड नअपनाइएको पाइएको छ । मकवानपुर भएर त्रिभुवन राजपथ, कान्तिराजपथ, पूर्व पश्चिम राजमार्ग लगायतका क्षेत्रमा सवारीसाधन मार्फत पशु ओसार पसार गर्दा मापदण्ड पूरा नगरिएको पाइएको हो । पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा गर्नुपर्ने मानूनी व्यवस्था छ ।
पशु ढुवानीमा मापदण्ड पुरा नगरेको र सरकारी निकायले नियमको प्रभावकारी अनुगमन गर्न नसकेको पशु अधिकारकर्मीहरू बताउँछन् । मकवानपुर प्रहरीले आक्कलझुक्कल कारबाही चलाएको बताएको छ । पशु ढुवानीको मापदण्ड पुरा नगरेको भएर केही दिन अघि मात्र मकवानपुरको मनहरीमा सचेत गरेर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए । उनले भने–‘जानकारीमा आएसम्म पशु ढुवानी मापदण्ड पुरा गर्न लगाएका छौं ।’
हरेक दिन शरीर रक्ताम्मे बनाएर मासुका लागि भारत हुँदै ठुलो संख्यामा राँगा, भैँसी, खसीबोकाको ढुवानी मकवानपुर भएर काठमाण्डौं लैजाने गरिएको छ । पशु ढुवानीलाई व्यवस्थित बनाउन सरकारले पशु ढुवानी मापदण्ड, २०६४ को मापदण्ड तथा पशु कल्याण निर्देशिका २०७३ जारी गरेको छ ।
पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा आठ घण्टाभन्दा धेरै हिँडाउन नपाउनेलगायतको व्यवस्था मापदण्डमा रहेको छ । गाडीमा ढुवानी गर्दा अधिकतम ४८ घण्टामा गन्तव्य पु¥याउनै पर्ने हरेक आठ घण्टामा तल झारेर दानापानी दिएर मात्र अघि बढाउनुपर्ने निर्देशिकामा उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन नसकेको पशु अधिकारकर्मीहरुको प्रतिक्रिया छ ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्