पालुङ बहुउद्देश्यीय सहकारी संस्था हेटौंडा सेवा केन्द्रस्तरीय २६ औँ वार्षिक साधारणसभा ४ पुसमा हेटौंडामा भएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षता एवम् संस्थाका पूर्वअध्यक्ष तथा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष पुरुषोत्तम कार्कीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले सहकारीको मुख्य लगानी रहने गरी थाहा शितभण्डारको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार यस परियोजनामा थाहा नगरभित्रका अन्तर सहकारी सम्बन्धको विकास र लगानीको सुरक्षाको सुनिश्चितता समेत सबल हुनेछ । छ हजार आठ सय ४० जना शेयर सदस्य र चार हजार ६५ जना लघुवित्त सदस्य रहेको सहकारीको शेयर पूँजी ९ करोड ९५ लाख रहेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा सहकारीको कूल बचत ८८ करोड ४४ लाख र ऋण लगानी एक अर्ब आठ करोड ५२ लाख रहेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको खुद नाफा एक करोड ६३ लाख रहेको छ । आगामी आर्थिक वर्षमा मुनाफामा बृद्धि गरी चार करोड ८२ लाख पु¥याउने लक्ष्य रहेको अध्यक्ष विष्टले जानकारी दिए । कार्यक्रममा हेटौंडा उपमहानगर पालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट, सहकारीको हेटौंडा सेवा केन्द्रका संयोजक सरोजकुमार खनाललगायतले सहकारीले हालसम्म गरेको कार्य सन्तोषजनक रहेको र सहकारी क्षेत्रमा देखिएको चुनौतीलाई सामना गर्न थप जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।


















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्