थाहा नगरपालिकाको वडा नम्बर ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा भएको छ । सहकारीका संस्थाका संस्थापक सदस्य जय बहादुर कार्कीको प्रमुख आतिथ्यतामा डाँडागाउँ स्थित कार्यालयमा सभा भएको हो । साधारणसभामा पूर्व सचिव लक्ष्मण बिष्ट, सुभारम्भ कृषि सहकारीका उपाध्यक्ष सरोज बिष्ट, आग्रा कृषि सहकारी संस्थाका अध्यक्ष रमेश सेन्चुरी, र लेखा परीक्षक बिमल कुमार बिष्टको विशेष आतिथ्यता रहेको थियो।
साधारणसभामा संस्थाका अध्यक्ष दिनेश बिष्टले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको मुख्य उद्देश्य र लक्ष्य आधुनिक खेतीमा सदस्यहरुलाई जोड दिनु रहेको उल्लेख गर । उनले भने–‘प्रविधी र विशेषज्ञहरूसँग सदस्यलाई जोड्नु हाम्रो प्राथमिकता हो। सहकारीबाट प्रत्यक्ष निगरानीमा रहेका खेती ९० प्रतिशतसम्म सफल भएका छन् र कारोबार पनि बढ्दै गएको छ।’

साधारणसभामा सचिव लक्ष्मण बर्तौलाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कारोबार २ करोड पुगेको जानकारी दिए । कोषाध्यक्ष राजेन्द्र बिष्टले पनि कोषाध्यक्षकोे प्रतिवेदन प्रस्तुत गरे । साधारणसभाले अध्यक्ष सचिव तथा कोषाध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

संस्थाका अध्यक्ष दिनेश बिष्टको अध्यक्षता भएको सभामा उत्कृष्ट बचत तर्फ कन्चन बिष्ट, दैनिक बचतमा मनश्याम बस्नेत र कर्जा तर्फ शिखर सप्लायर्सका विश्वनाथ रायमाझीलाई नगद र सम्मानपत्र प्रदान गरिएको थियो। साथै, बीउ बिजन र मल खाद्य खरिदमा उत्कृष्ट कार्य गर्ने सदस्यहरू दुर्गा कार्की र राजाराम कार्की पनि सम्मानित भए । साधारणसभामा पूर्व सचिव लक्ष्मण बिष्ट, सुभारम्भ कृषिका सरोज बिष्ट र लेखा परिक्षक बिमल कुमार बिष्टले संस्थालाई शुभकामना दिएका थिए ।
सभामा संस्थाका कार्यसमिति सदस्यहरू, कर्मचारी र सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।




































































प्रतिक्रिया दिनुहोस्