हेटौंडा उपमहानगरपालिकाले दुर्गम क्षेत्रका सानाकिसानलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा–१५ चिप्लेटीका किसानलाई पाडापाडी अनुदानमा वितरण गरेको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको नेतृत्वमा उपप्रमुख राजेश बानियाँ, वडाअध्यक्ष सुनिल मोक्तानलगायतको टोलीले भदौ ३१ गते चिप्लेटी पुगेर किसानलाई पाडापाडी वितरण गरेको हो ।

टोलीले किसानलाई पाडापाडी हस्तान्तरण गर्नुकासाथै कृषि तथा पशुपालनसँग सम्बन्धित चिप्लेटीका किसानलाई पाडापाडी अनुदान साझाकुरा संवाददाता समस्या र आवश्यकताबारे छलफल गरेको थियो । हेटौंडा उपमहानगर पालिकाको भौगोलिकरुपमा निकै दुर्गमक्षेत्रमा पर्ने चिप्लेटी पुग्न मधेश प्रदेशको बारा जिल्ला हुँदै जानुपर्ने अवस्था छ । चिप्लेटीका अधिकांश बासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ । किसानसँगको छलफलमा स्थानीयले सानाकिसानलाई सरकारले सम्मान र आवश्यक सहयोग गर्नसके गाउँघरबाट हुने बसाइँसराइ रोक्न सकिने बताएका थिए ।

गाउँमै कृषि तथा पशुपालनबाट आम्दानी गर्ने वातावरण बने गाउँबस्ती खाली नहुने उनीहरुको भनाइ थियो । प्रमुख लामाले सानाकिसानको आयआर्जन बढाउन र कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउन स्थानीय सरकारले सहयोगलाई प्राथमिकतामा राखेको बताइन् । दुर्गमक्षेत्रका किसानसम्म सरकारी सेवा र कार्यक्रम पु¥याउन आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो । चिप्लेटी पुगेको टोलीलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका थिए ।

नगरका जनप्रतिनिधि किसानका घरदैलोमै पुगेर समस्या सुनेपछि आफूहरुमा स्थानीय सरकार प्रतिको विश्वास थपिएको स्थानीयले बताएका छन् ।

पालिका प्रेस
थप जानकारी