लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा गरिएको छ । थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा कार्यालय रही सेवा प्रवाह गर्दै आएको संस्थाको साधारण सभा पालुङ जेसीज हलमा भएको हो ।
थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाकी अध्यक्ष रिता प्रधानले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । अध्यक्ष प्रधानले महिलाहरुको आर्थिक र सामाजिकस्तरलाई उकास्ने उद्देश्यका साथ विभिन्न आयमुलक कार्यक्रमहरुमा लगानी गर्दै आएको जानकारी दिइन् । संस्थाले महिला तथा बालबालिका कार्यालयको सहयोगमा विपन्न महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले तरकारी खेती, पशुपालन जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेका प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष प्रधानले घरेलु हिंसा पिडित महिलाहरुको लागि सेवा केन्द्र स्थापना गर्ने, प्राथमिक मनोवैज्ञानिक सहयोग, पारिवारिक र सामुदायिक मनोविमर्श, बाख्रा पालन र कृषि तालिम जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने आगामी योजना रहेको सुनाइन् ।
संस्थाकी अध्यक्ष रिता प्रधानको सभाध्यक्षतामा भएको सभामा संस्थाको शेयर पूँजी ४.०३ प्रतिशत वृद्धि हुँदै २६ लाख ५ हजार ९ सय पुगेको जानकारी गरायएको छ । निक्षेप १८.५४ प्रतिशत वृद्धि गर्दै ९४ लाख ३२ हजार पुगेको जानकारी संस्थाका सचिव रितु कार्कीले प्रतिवेदनमा समेटेकी छिन् । कोषाध्यक्ष नानीछोरी प्रधानले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पनि प्रस्तुत गरिन् ।

सभामा सम्बोधन गर्दै अतिथी एवं थाहानगरका उपप्रमुख भरत गोपालीले सहकारी संस्थाको सामाजिक र आर्थिक योगदानको महत्वलाई स्वीकार गर्दै संस्थालाई अझ बढी सामाजिक क्रियाकलापमा संलग्न हुने आवश्यकता रहेको औल्याए । उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढावा दिने र आपसी सहकार्यको वृद्धि गर्नुपर्ने सुझाए ।
साधारण सभाको अवसरमा उत्कृष्ट कर्जा तर्फ सर्मिला देउला, माइली तामाङ, सुशीला प्रधान, निरमाया तामाङ, सोनी थोकर र सविता तामाङ, उत्कृष्ट बचत तर्फ गिता गुरुङ लामिछाने, सविना जोशी श्रेष्ठ, सरस्वती जिम्बा, अष्टमाया प्रधान, किशोरी बचत तर्फ एन्ज्योलिना थोकर, रिकृशा प्रधान, रमण आलेमगर, रोहित तामाङ, सेयर तर्फ गोपीनी तामाङ, ललिता प्रधान, सुनमाया घिसिङलाई सम्मान गरिएको थियो ।
साधारणसभाको अवसरमा ६० बर्ष पुरा गरेका १६ जना जेष्ठ महिला सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । लामो समयसम्म संस्थाको सल्लाहकारको रूपमा कार्य गर्दै बिदा भएका बारा जितपुर सिमराका शोम बहादुर जिम्बालाइ कदरपत्र सहित सम्मान गरिएको थियो ।















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्