मकवानपुर थाहा नगरपालिकामा सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता सुदृढीकरण सम्बन्धी सहकारी क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम भएको छ । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा भएको तालिममा थाहा नगरपालिका क्षेत्रका विभिन्न सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा कर्मचारी गरी ६० जनाको सहभागिता रहेको थियो ।

तालिमका सहभागीसहरुलाई मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहालले सहजीकरण गरेका थिए । उनले सहकारी संस्थाको सुशासन, संस्थागत विकासलगायतको विषयमा सहजीकरण गरेका थिए ।

तालिम उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सहकारी संस्थाका सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरूको इमान्दार र जिम्मेवार प्रयासबाट मात्रै सहकारी क्षेत्र सुदृढ बन्न सक्ने बताए । उनले सहकारीले आर्थिक विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । पौडेलले सहकारी संस्थाहरूलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउँदै लैजान आवश्यक रहेको बताउँदै सुशासनको अभ्यासले सहकारीप्रतिको विश्वास अझ मजबुत हुने धारणा व्यक्त गरे ।

सो अवसरमा तालिमका सहभागी तथा उपस्थित सबैलाई थाहा नगरपालिका सहकारी शाखा प्रमुख सुदर्शन पहेलीले स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा नगरपालिकाका विभिन्न् शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो । तालिममा नगरभित्र रहेकासहकारी संस्थाको क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको शाखा प्रमुख पहेलीले जानकारी दिए । तालिमले सहभागीहरूलाई सहकारी व्यवस्थापनका व्यवहारिक पक्षबारे थप ज्ञान र सीप प्रदान गरेको आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी