सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा भएको छ। थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा विकास घर शिखरकोटमा सभा भएको हो । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गोपालीले सहकारीको हित र सफलताको शुभकामना व्यक्त गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक हितका लागि सहकारीले निरन्तर काम गर्नुपर्नेमा जोड दिए।

सभामा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । अध्यक्ष प्रधानको प्रतिवेदनमा संस्थाको शेयर पुँजी १९ लाख रुपैयाँ पु¥याई आगामी आर्थिक वर्षमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य रहेको उल्लेख गरेका थिए । मासिक बचतलाई प्राथमिकतामा राख्दै न्यूनतम मासिक १ हजार रुपैयाँ बचत अनिवार्य गरिने र सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने बताए।

संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षता भएको सभामा कोषाध्यक्ष विक्रम श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ को प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थाको ऋण लगानी ७४ लाख ७१ हजार रुपैयाँ र बचत हिसाब ७९ लाख ४२ हजार रुपैयाँ पुगेको जानकारी दिए । सचिव बिक्रम केसीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थामा हाल १ हजार ४ सय ९७ जना सदस्य आबद्ध छन्। संस्थाले आगामी दिनमा सक्रिय र निष्क्रिय सदस्य पहिचान गरी व्यवस्थापन गर्ने जनाएको छ ।

साधारणसभाका अवसरमा नियमित बचततर्फ सुजता थापा, साधारणतर्फ सन्तबहादुर पोडे, साथै स्वस्थानी खड्का, राम गोतामे, मनिसा प्रधान र बिमला मल्ललाई सम्मान प्रदान गरिएको थियो । यसैगरी ज्येष्ठ सदस्य राजेन्द्र थापालाई प्रमुख अतिथि भरत गोपालीले विशेष सम्मान प्रदान गरे।

पालिका प्रेस
थप जानकारी