मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१ /०८२ का लागि ५७ करोड ९५ लाख ८० हजारको अनुमानित बजेट ल्याएको छ । १० असारमा गाउँपालिकाको सभाहलमा सम्पन्न ११ औँ अधिवेसनले सो बजेट ल्याएको हो । गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनले ५७ करोड ९५ लाख ८० हजार अनुमानित आय प्रस्तुत गरेकी हुन् । उनले सभामा संघीय सरकार वित्तिय समानिकरण अनुदान ९ करोड ८२ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ९६ लाख गरी जम्मा वित्तीय समानिकरण अनुदान १० करोड ७८ लाख प्राप्त भएको बताइन् ।

यसैगरी संघीय सरकार राजस्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड ५५ लाख बाँडफाँड भई प्राप्त हुने अन्तशुल्क राजश्व २ करोड ३८ लाख, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट ७५ लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत १ करोड, बाँडफाँडबाट प्राप्त हुने सवारीसाधन कर १ करोड ८५ लाख, बॉडफॉड भई प्राप्त हुने बन रोयल्टी ११ लाख बाँडफाँड भई प्राप्त हुने, ढुंगा, गिटि, बालुवानदिजन्य पदार्थ (दहत्तर बहत्तर) राजस्व बॉडफॉडबाट प्राप्त हुने आय रु ३ करोड सहित जम्मा राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम रु १५ करोड ६४ लाख अनुमान गरिएको बताइन् ।

त्यसैगरी आन्तरिक आय अन्तर्गत भूमि कर÷मालपोत, सम्पत्ती कर, घर बहाल कर, मनोरञ्जन कर, अन्य विक्रीबाट प्राप्त रकम, अन्य श्रोतबाट प्राप्त रोयल्टी, परीक्षा शुल्क, नक्सा पास दस्तुर, सिफारिस दस्तुर, नाता प्रमाणित दस्तुर, प्रशासनीक दण्ड जरिवाना, प्रदूषण शुल्क लगायतका शीर्षकहरुबाट एक करोड ३४ लाख संकलन हुने अनुमान पालिकाको रहेको उपाध्यक्षले जानकारी दिइन् ।

त्यसैगरी संघीय सरकार राजस्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड ५५ लाख बाँडफाँड भई प्राप्त हुने अन्तशुल्क राजश्व २ करोड ३८ लाख, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट ७५ लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत१ करोड, बॉडफॉडबाट प्राप्त हुने सवारीसाधन कर १ करोड ८५ लाख, बॉडफॉड भई प्राप्त हुने बन रोयल्टी ११ लाख बाँडफाँड भई प्राप्त हुने, ढुंगा, गिटि, बालुवानदिजन्य पदार्थ (दहत्तर बहत्तर) राजस्व बॉडफॉडबाट प्राप्त हुने आय ३ करोड सहित जम्मा राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम १५ करोड ६४ लाख अनुमान गरिएको उपाध्यक्ष पाख्रीनले बताइन् ।

त्यसैगरी आन्तरिक आय अन्तर्गत भूमि कर/मालपोत, सम्पत्ती कर, घर बहाल कर, मनोरञ्जन कर, अन्य विक्रीबाट प्राप्त रकम, अन्य श्रोतबाट प्राप्त रोयल्टी, परीक्षा शुल्क, नक्सा पास दस्तुर, सिफारिस दस्तुर, नाता प्रमाणित दस्तुर, प्रशासनीक दण्ड जरिवाना, प्रदूषण शुल्क लगायतका शीर्षकहरुबाट रु एक करोड ३४ लाख संकलन हुने अनुमान पालिकाको रहेको उपाध्यक्षले जानकारी दिइन् ।उपाध्यक्ष पाख्रीनले संघीय सरकार सशर्त अनुदान शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघुउद्यम कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण कार्यक्रम सहित २३ करोड ३४ लाख ७५ हजार, प्रदेश सरकार सशर्त चालु अनुदान २ करोड ३५ लाख अनुमान गरिएको छ । जस अन्तर्गत कुल सशर्त अनुदान २५ करोड ६९ लाख ७५ हजार अनुमान गरिएको छ, उनले भनिन् ।

गाउँपालिकाले प्रदेश सरकार समपुरक अनुदानमा रु ३ करोड हुने अनुमान गरेको छ भने संघीय विशेष अनुदान रु ५० लाख र प्रदेश विशेष अनुदान रकम १ करोड गरी विशेष अनुदान रकम १ करोड ५० लाख रकम प्राप्त हुने अनुमान छ, उपाध्यक्ष पाख्रीनले भनिन् । गाउँपालिकाको व्ययतर्फ कुल बजेटको पुँजीगततर्फ ३० करोड ८ लाख २ हजार १९ रुपैया, अर्थात ९५१.९ प्रतिशत र चालु तर्फ २७ करोड ८७ लाख ७७ हजार ९ सय ८० अर्थात ९४८.१ प्रतिशत० गरी कुल व्यय रु ५७ करोड ९५ लाख ८० हजार १ रुपैया व्यय अनुमान उपाध्यक्षले प्रस्तुत गरिन् ।

गाउँपालिकाले आगामी वर्षका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च अन्तरगत ८ करोड ६५ लाख रकम विनियोजन गरेको छ । आर्थिक विकास क्षेत्र अन्तरगत कूल व्यय अनुमानको ३ करोड ८ लाख विनियोजन गरिएको छ भने, पूर्वाधार विकास क्षेत्रमा १९ करोड २४ लाख ३८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रमा ५५ लाख ९४ हजार, विषय क्षेत्रगत व्यय अन्तरगत सामाजिक विकास क्षेत्रमा २५ करोड ५५ लाख ५३ हजार १ रुपैया रकम विनियोजन गरेको उपाध्यक्ष पाख्रीनले बताइन् ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको गाउँसभामा पूर्वाधार विकास समितिका संयोजक एंव वडा २ का वडा अध्यक्ष बखानसिं पाख्रीनले विनियोजन विधेयक २०८१ प्रस्तुत गरेका थिए । त्यस्तै, आर्थिक विकास समितिका संयोजक एंव वडा ६ का अध्यक्ष कृष्णप्रसाद बजगाईले आर्थिक विधेयक २०८१ प्रस्तुत गरेका थिए ।

पालिका प्रेस
थप जानकारी