मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधानी मार्खु पािलकामै उत्कृष्ट नतिजा ल्याउने विद्यालय घोषित भएको छ । वडा नम्बर १ मा रहेको सरस्वती बाल बोधनी माविबाट ५३.८५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । सरस्वतीबाट १३ जना २०८० को एसइई परीक्षामा सहभागी भएको मध्ये ७ जना उतीर्ण भएका छन् ।

वडा नम्बर २ को पञ्चकन्या माविबाट १४ जना परीक्षार्थी सहभागी भएकोमा २ जना उतीर्ण भएका छन् । यो भनेको १४.२९ प्रतिशत उतीर्ण हो । त्यसैगरी वत्सलादेवी मावि इन्द्रसरोवर ३ बाट प्राविधिक धार इन्जिनियरिङसहित २५ जना विद्यार्थीले परीक्षा दिएकोमा २ जना अर्थात ८ प्रतिशत विद्यार्थी उतीर्ण भए । कालिकादेवी इन्द्रसरोवर ४ बाट १६ जनाले परीक्षा दिएकोमा १ जना अर्थात ६.२५ प्रतिशत विद्यार्थी उतीर्ण भए ।

त्यसैगरी २ वटा मावि सञ्चालनमा रहेको ५ नम्बर वडाको महाचुनी माविबाट ५ जनाले परीक्षा दिएकोमा २ अर्थात ४० प्रतिशत विद्यार्थी उतीर्ण भए भने अर्को कालीदेवी माविबाट ११ जनाले परीक्षा दिएकोमा कुनैपनि विद्यार्थी उतीर्ण भएका छैनन् ।

इन्द्रसरोवर गाउँपालिकाबाट कुल ८४ जनाले एसइई परीक्षा दिएकोमा १४ जना अर्थात १६.६७ प्रतिशत मात्र विद्यार्थी उतीर्ण भएका छन् ।

पालिका प्रेस
थप जानकारी