बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाइ मन्त्री एकालाल श्रेष्ठले थाहाको जनताको मागलाई प्राथमिकता दिएको बताएकाछन् । आगामी वर्षका लागि विनियोजित वजेट सहि ढंगले कार्यान्वयन गर्न समेत मन्त्री श्रेष्ठले आग्रह गरे ।
१० असारमा भ्रमणको सिलसिलामा थाहा नगर पुग्नु भएका मन्त्री श्रेष्ठले थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्ट, कार्यकारी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरिलगायतलाई भेटी यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले अझै पनि छुट हुन पुगेका योजनाहरु भए समस्या लिएर आउन बताए । आर्थिक वर्ष २०८१/०८२ का लागि थाहा नगरपालिकामा बागमती प्रदेश सरकारबाट कूल ४५ करोड ५८ लाख रुपियाँको वजेट विनियोजन भएको छ ।
यसैबीच, मन्त्री श्रेष्ठले नेकपा एमाले थाहा नगरका नेता तथा कार्यकर्ताहरुलाई बजेटको सहि कार्यान्वयनमा ध्यान दिन निर्देशन दिए । प्रदेश सरकार तथा संघीय सरकारबाट विनियोजन भएका वजेट कार्यान्वयनमा जनता समेतको प्रत्यक्ष सहभागिता गराउन मन्त्री श्रेष्ठले जोड दिए ।
नेकपा एमाले थाहानगर कमिटीको कार्यालयमा भएको भेटघाट कार्यक्रममा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, सचिव सुजन कुमार रायमाझी, जिल्ला कमिटी सदस्य विमल कुमार ढकाल, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्